असाढ २७,रौतहट/गौर विश्वमा जनसंख्याको बढ्दौ चापलाई यसलाई घर देखि राष्ट्र सम्म सन्तुलनमा ल्याउन युएन प्रतिवेदन अनुसार जुलाई ११ तारिखका दिन विश्व भरीमा नै मनाउन गरेको छ । जनसंख्याको अवादिले मानिसहरुमा पर्न गएको मा विभिन्न राष्ट्रहरुमा आ–आफनो जनसंख्या कम र वढी गर्नमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । व्यवस्थित परिवार, समृद्ध राष्ट्रको आधार नारा साथ विश्व जनसंख्या दिवशको अवसरमा जिल्ला समन्वय समिति रौतहटको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय रौतहटले आफनै कार्यालयमा बृक्तकला प्रतियोगिता गरेको छ । जिल्लाका १० वटा विद्यालयका छात्रछात्रालाई सहभागी गराई प्रतिस्पर्धा गरी छनौट गरिएको छ । जिल्ला स्वास्थ्य प्रमुख नवलकिशोर झाको अध्यक्षतामा अतिथि स्वास्थ्य प्राविधिक नागेश्वर जयसवाल कार्यक्रम संयोजक रामअधार सिंह सहित अन्य कर्मचारीहरुको उपस्थित रहेका थिए ।