आगामी प्रदेश सभा तथा प्रतिनिधी सभा सदस्य निर्वाचन प्रयोजनको लागि यहि २०७४ साल श्रावण १ गतेदेखि १५ गते सम्म जिल्ला निर्वाचन कार्यालय, रौतहटले मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्याक्रम सञ्चालन गर्ने भएको छ । यस अघि आयोगबाट प्रकाशित मतदाता नामावलीका आफ्नो नाम समावेश नभएका व्यक्तिले आफ्नो नागरिताको प्रमाणपत्र र सोको प्रतलिपि लिई आफुलाई पायक र अनुकुल हुनेगरी जिल्ला निर्वाचन कार्यालय (रौतहट), इलाका प्रशासन कार्यालय (चपुर), इलाका प्रशासन कार्यालय (गरुडा) मा आफु स्वयम् उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गराउनु हुन सम्बन्धित सरोकारवालाहरुलाई जिल्ला निर्वाचन कार्यालय, रौतहट अनुरोध गर्दछ । आयोगबाट यस अघि प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्रुटि सच्याउन दोहोरो नाम हटाउन वा सार्न, मतदाता नामावलीवाट नाम हटाउन उक्त अवधिमा जिल्ला निर्वाचन कार्यालयमा निवेदन बुझाउन सकिने छ । उस अघि नाम दर्ता गराई मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुन नाम दर्ता गराउनु पर्दैन । दर्ता भईसकेपछि ०७४ साल श्रावण १६ गतेदेखि २० गतेसम्म मतदाता नामावलीमा दावी विरोध गर्न सकिने कार्याक्रम रहेको व्यहोरा समेत सर्वसाधारण सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।