१ साउन, झापा । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । मेचीनगर–१०, धुलाबारीका २८ वर्षीय बैजु सहनी र भारत, जलपाइगडी बस्ने ३१ वर्षीय सञ्जीव राई पक्राउ परेका हुन् ।सहनीलाई मेचीनगर–७ मा रहेको लिखोला बाट शनिबार अपरान्ह ब्राउन सुगरसहित पक्राउ गरिएको हो भने राईलाई मेचीनगर–६, मुलगेटबाट शनिबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । पक्राउ परेका सहनीको साथबाट प्रहरीले ९.७ मिली ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिको छ भने राईको साथबाट प्रहरीले २४ चक्की लागूऔषध नाइट्रोजन ट्याब्लेट फेला पारेको छ । विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल उनीहरुलाई इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ ।