रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ५ स्थित पुर्व पश्चिम राजमार्गमा ना ५ ख ७९३ नम्बरको यात्रु बसले ठक्कर दिदा घाईते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी जिल्ला सर्लाही बरहथवा नगरपालिका १४ हरपुर्वा निवासी राजेन्द्र ठाकुरको १० वर्षीय छोरी काजल कुमारी ठाकुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईतेलाई प्रहरी अधिकृतको टोलीले उद्धार गरी उपचारको लागि बिरगंज पठाईएकोमा बिरगंज स्थित हेल्थ केयर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले बताएका छन ।
बस र बस चालक जिल्ला महोतरी बर्दीबास न.पा.१ बस्ने बर्ष ३४ को अर्जुन कुमार कार्की ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको, अन्य अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।