२२ साउन, काठमाडौं । नेपाली सेनाले पोखरा र इटहरीमा क्षेत्रीय अस्पताल बनाउने योजना अघि सारेको छ ।सैनिक कल्याणकारी कोषले पोखरा र इटहरीमा क्षेत्रीय अस्पताल बनाउने योजना अघि सारेको हो ।साथै शंखमुलमा सामुदायिक चिकित्सा केन्द्र बनाउने उसले बताएको छ । यहाँ सैनिक परिवारसँगै सर्वसाधारण जेष्ठ नागरिकको निशुल्क उपचार गरिने सेनाले जनाएको छ । त्रिचन्द्र मिलिटरी अस्पतालमा आवश्यकता अनुसार अस्पतालले प्रयोग गर्ने र बाँकी क्षेत्र व्यवसायिक प्रयोजनका लागि दिइने पनि उसले बताएको छ । सेनाले सेवा निवृत्त ८० वर्ष उमेर पुगेका पुरुष, ७० वर्ष नाघेका एकल महिलालाई दिइँदै आएको एक हजार पारिवारिक निवृत्तिभरणलाई बढाएर२ हजार पुर्याइएको कल्याणकारी कोषले जनाएको छ ।