साउन २६,संजय सहनी क्षतिपूर्तिको माग गर्दै आन्दोलनरत रौतहटका पिडित किसानहरुले रौतहटमाबिहानै देखि चक्का जाम ठाउँ ठाउँमा टायर बालि चकाजामका घोषना गर्दै प्रदर्शनमा उत्रेका छन ।जिल्लाको ज्योती डिष्टिलरिले झाँझ नदिमा रसायन मिसाउँदा आफनो खेतीबाली नष्ट भएको भन्दै क्षतिपूर्ति र कार्वाहिको मागसहित एक हप्ता देखि आन्दोलित किसानहरुले आज बिहिवार गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्तरगत विरेन्द राजमार्ग पूर्ण रुपले ठप्प पारेका हुन । बन्दका कारण लामो तथा छोटो दुरीका यातायात चल्न सकेका छैन । वाक्लो उपस्थितीमा पिडित किसानहरु सुकदवे चौकमा चर्कौ नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका छन । किसानहरुको माग पूरा नहुन्जेल सम्म आन्दोलन जारी रहने सहभागी नेतृत्व कर्ता एवं फोरम नेपालका केन्द्रिय सदस्य योगेन्द्र यादवले बताएका छन । । आन्दोलनमा माओवादी केन्द्रका नेता चन्द्रिका मुखिया,डिके झा ,कागें्रसका क्षी रामजीको महत्वपूर्ण भूमिका रहेका छ । चकाजाम खुल्ने कुनै सम्भावना नरहेको आन्दोलनकारीहरुको भनाई रहेको छ ।