जनकपुर, १३ भदौ । जनकपुरको पिडारीचोकमा नेकपा एमाले प्रदेश नम्बर २ को चुनावी भेला स्थल अगाडि राजपा नेपालका कार्य- कर्ता र प्रहरीबिच झडप भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा हुन लागेको भेला अगाडि राजपाले एमाले मधेश विरोधी पार्टी भएको भन्दै विरोधमा उत्रिएपछि प्रहरीसँग झडप भएको हो । झडपको क्रममा प्रहरीको लाठी प्रहारबाट राजपाका ६ जना कार्यकर्ता घाइते भएका छन् । अहिले एमालेको भेला स्थल प्रहरीले घेराउ गरि कार्यक्रम गरिरहेको छ । तनाव बढेको छ। प्रहरी ले सुरक्षा व्यवस्था कडा गरेको छ । राजपा का नेता कार्यकर्ता टायर बालेर सडक अवरुद्ध गरेका छन् ।