१५ भदौ, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आचारसंहिता लागू गरेकै भोलिपल्ट प्रधानमन्त्री शेरवहादुर देउवा आचारसंहिता विपरित महाकाली नदीको पुल।शिलान्यास गर्न कन्चनपुर पुगेका छन् । आयोगले बुधवार।रातिदेखि निर्वाचन आचारसहिता लागू गरेको छ ।प्रधान मन्त्री देउवाले महाकाली नदीमा बन्न लागेको ४ लेनको पुल शिलान्यास गर्दैछन् । उनी बुधवारै धनगढी पुगेका थिए । निर्वाचन आयोगका नवनिवयुक्तः प्रवक्ता नवराजढकालले पूर्व निर्धारित कार्यक्रमको बारेमा सम्भवतः।आयुक्त तहमा प्रधानमन्त्री कार्यालयले सहमति लिएको हुनसक्ने बताए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले निर्वाचन आयोगले आचार संहिता लागू गर्नुअघि नै प्रधानमन्त्री शिलान्यासकै लागि धनगढी पुगिसकेको बताए । उनले पूर्व निर्धारित कार्यक्रम भए पनि निर्वाचन आयोगको सहमति लिएर पुल शिलान्यास गर्न लागिएको बताए । निर्वाचन आचारसंहिता लागू भएपछि पूर्वनिर्धारित कार्यक्रमहरुमा पनि प्रधानमन्त्री र मन्त्रीले आचारसंहिता विपरित उद्घाटन र शिलान्यास गर्न पाइँदैन । निर्वाचन आचार संहिताअनुसार नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले कुनै पनि योजनाको शिलान्याश, उद्घाटन गर्ने,सर्वेक्षण तथा अध्ययन गर्ने तथा अनुदान दिने जस्ता कार्यक्रम गर्न गराउन पाइँदैन । निर्वाचन एमाले नेताका टाउकोमात्रै हेर्छः योगेश भट्टराई प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता लागू भएको भोलिपल्टै उल्लंघन गर्नु आपत्ति जनक रहेको प्रमुख विपक्षी नेकपा एमालेले प्रतिक्रिया दिएको छ । निर्वाचन आयोगले लागू गरेको आचारसंहिताको पहिलो उल्लंघननै प्रधानमन्त्रीबाट हुनुले यो सरकारले निष्पक्ष र स्वच्छ निर्वाचन गराउँदैन भन्ने पुष्टि भएको एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले आरोप लगाए । उनले भने- ‘एमाले नेता माधव कुमार नेपालले चुनाव प्रचारका बेला टोपी लगाएको देख्ने निर्वाचन आयोग प्रधानमन्त्रीले पुल शिलान्यास गरेको पनि देख्दैन भने निष्पक्ष निर्वाचनमा आशंका हुन्छ ।’ उनले थपे, ‘निर्वाचन लाई प्रभावित पार्ने गरी सिडिओ र प्रहरी प्रमुखहरुको सरुवा भइरहेको छ । निर्वाचन आयोग भने एमाले नेताहरुको टाउकोमा कस्तो टोपी छ भनेर हेर्दै हि
निर्वाचनबआचारसंहिताको उल्लंघन प्रधानमन्त्रीबाटै !
निर्वाचनबआचारसंहिताको उल्लंघन प्रधानमन्त्रीबाटै !
Advertisement