१५ भदौ, काठमाडौं । अन्तर्वार्ताका लागि निर्वाचन आयोगको कार्यालय बहादुर भवन पुग्दा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव आयुक्त ईश्वरी पौडेलसँगको बैठकमा थिए । निर्वाचनको काम तीब्र भइरहेका बेला सरकारले पटक-पटक आयोगका सचिवको सरुवा गरेको भन्दै यादव रोष प्रकट गर्दै थिए । दुई महिनाभित्र तीनवटै तहका चुनाव सम्पन्न गर्नुपर्ने चापाचापमा रहेका प्रमुख यादवले भने- हामी आइसीयुमा बसेर काम गरिरहेको अवस्था मा छौं । सरकारले अक्सिजनरुपी कानुन तत्काल दिएन भने मंसिर १० मा चुनाव हुन सक्दैन भनेर बोल्न बाध्य हुनेछौं । निर्वाचन आयोगको इतिहा समै एक वर्षभित्रै तीन वटा, त्यसमा पनि विल्कुल नयाँ संरचनाका चुनाव गराउने ऐतिहासिक जिम्मेवारीमा छन् यादव । भरतपुरको पुनः मतदान प्रकरण र केपी ओली तथा माधव नेपाललाई २४ घण्टे स्पष्टी करण सोध्ने जस्ता आयोगका कार्यबाट प्रमुख विपक्षी नेकपा एमालेले पेलिएको गुनासो गरिरहेको छ ।तर, प्रमुख आयुक्त यादवले भने भरतपुर प्रकरणलाई लिएर चित्त नदुःखाउन एमालेलाई आग्रह गरेका छन् । आयोगले सबै दललाई समान व्यवहार गरेको प्रष्टीकरण समेत यादवले दिएका छन् । उनले मधेसमा एमालेमाथि भइरहेका निषेध र अवरोधप्रति आयोग गम्भीर भएको भन्दै यसबारे सरकारको गम्भीर ध्याना कर्षण गराइएको पनि बताए । आगामी मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मतदाताले कसरी मतदान गर्ने ? मतपत्रमा प्रतिनिधसभा र प्रदेशसभाका उम्मेदवारको चुनाव चिन्ह कसरी व्यवस्थापन गरिँदैछ ? यिनै सन्दर्भमा