१५ भदौ, रौतहट, । तेश्रो चरणको स्थानीय तह निर्वाचनका लागि रौतहट मा २ गाँउपालिका र १६ नगरपालिका गरी जम्मा १८ वटा स्थानीय तह निर्धारण गरिएको छ । एउटै जिल्लामा १६ नगरपालिका भएको रौतहट पहिलो जिल्ला समेत बनेको छ । अागामी असोज २ गते हुने हुने स्थानीय चुनावको लागि जिल्लामा कुल २७७ मतदान स्थल तोकिएको छ भने ४३४ वटा
मतदान केन्द्र निर्धारण गरिएको छ । १८ स्थानीय तहमा जम्मा ८२१ पदाधिकारीको निर्वाचित हुनेछ । तेश्रो चरणको स्थानीय तह निर्वाचन मा रौतहटमा १८ मेयर, १८ उपमेयर , १५७ वडा अध्यक्ष र ६२८ सदस्य स्थानीय तहमा निर्वाचित हुनेछन । जिल्लामा कुल ३ लाख २१ हजार १८ जना मतदाता रहेका छन, जसमध्ये पुरुष मतदाताको संख्या १ लाख ७५ हजार ०६४ छ भने महिला मतदाताको संख्या १ लाख ४५ हजार ९५४ रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । जिल्लाका मतदाता हरूको पूर्ण विवरण सि. न. स्थानीय तह पुरुष मतदाता महिला मतदाता जम्मा १ ईशनाथ नगरपालिका १८८६८,२ कटहरीया नगरपालिका१७८५८,३ गढीमाई नगरपालिका१९९६३,४ गरुडा नगरपालिका २३३९०,५ गुजरा नगरपालिका २०९४८,६ गौर नगरपालिका १६५७३,७ चन्द्रपुर नगरपालिका ३७८४३,८ दुर्गा भगवति गाउापालिका ११३१८, ९ देवाही गोनाही नगरपालिका १४,०५६ , १० परोहा नगरपालिका १६,४९५,११ फतुवा बिजयपुर नगरपालिका १६३१५, १२ बौधिमाई नगरपालिका १५४१६,१३ माधवनरायण नगरपालिका १८०८२, १४ मौलापुर नगरपालिका १२३६६,१५ यमुनामाई गाउापालिका १०७७६, १६ राजदेवी नगरपालिका १४४६९, १७ राजपुर नगरपालिका १७३५१,१८ वृन्दावन नगरपालिका १६९८ रहेको छ ।