१५ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठूलो मात्रामा अवैद्य सुन सहित ७ जनालाई पक्राउ गरेको छ ।सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-१ का पेम्वा दोर्जे शेर्पालाई १४ किलो सुनसहित सामाखुसीबाट पक्राउ गरेको हो ।तातोपानी र केरुङ नाका हुँदै सुन तस्करी गरी भारतसम्म पुर्याउने धन्दामा सक्रिय रहेको सूचनाका आधारमा टोखा नगरपालिका-११, सामाखुशीस्थित शेर्पाको डेरा खानतलासी गर्दा दराजमा लुकाएको १४ किलो अवैध सुन बरामत गरिएको सीआईबीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।साथै उनको समूहले भारतमा पैठारी गर्न लागेको १ केजी सुनसहित ४ जनालाई धनुषाबाट नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।अबैद्य सुन तस्करमा संलग्न भएकोआरोपमा सीआईबीले भक्तपुरको सूर्यविनायक नगरपालिका-७ सिरुटारका ३८ वर्षे दिपेन्द्र थापा, काठमाडौं महानगरपालिका-१० वानेश्वर वस्त ३९ वर्षे सरोज थापा, काभ्रे पाँचखाल नगरपालिका १ वस्ने ३८ वर्षे विष्णु गौतम, भक्तपूर सुर्यविनायक नगरपालिका-७ वर्षे राजेन्द्र खत्री, सोही ठाउँ वस्ने ३४ वर्षकै रविन खत्री र धनुषको जनकपुर उपमहानगरपालिका-७ का ३८ वर्षे दीपक कुमार शाहलाई पक्राउ गरेको छ ।पक्राउ परेकाहरुबाट बा १० च ४१९३ नं. को गाडी, बा ८० प नं. को स्कुटर, ६ वटा १०० दरका ६०० अमेरिकी डलर र ११९९ चाइनिज युयान नोट समेत बरामद गरिएको सीआईवीले जनाएको छ ।सीआईवीले प्रारम्भिक अनुसन्धानबाट उनीहरुले संगठित रुपमा सुन तस्कर गर्ने गरेको पाइएको जनाएको छ ।पक्राउ परेका व्यक्तिहरुले २२ किलो सुन चीनबाट नेपाल भित्र्याएर केही समय गोदाम गरी विभिन्न ठाउँमा सप्लाई गरेको पाइएको सीआईवी प्रमुख डीआईजी पुस्कर कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए । १५ किलो बरामद भइसकेको भन्दै कार्कीले बाँकी ७ किलो सुन पनि विभिन्न स्थानमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भन्दै बरामद गरिने बताए । ‘ १४ किलो सामाखुसीबाट र एक किलो जनकपुरबाट पक्राउ गरिएको छ,’ उनले भने,’बाँकी केही सुन काठमाडौं मै रहेको र २ किलो दक्षिण (भारत) सप्लाई भइसकेको बुझिएको छ ।’