१५ भदौ, भैरहवा । निर्वाचन क्षेत्र निर्धारण आयोगले रुपन्देही जिल्लामा ५ वटा निर्वाचन क्षेत्र निर्धारण गरेको छ । र, प्रदेशसभामा भने १० क्षेत्र हुनेछन् ।एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानिय तह रहेको रुपन्देहीको प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र निर्धारण गर्दा सबैजसो स्थानीय तहलाई टुक्र्याइएको छ ।अयोगले बुझाएको प्रतिवेदन अनुसार क्षेत्र नम्बर-१ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, र ६ लाई समावेश गरिएको छ ।क्षेत्र नम्बर-२, तीनवटा नगरपालिकालाई विभाजन गरेर बनाइएको छ । क्षेत्र नम्बर दुईमा बुटवल उपमहानगरपालिकाको वडा नम्बर एक देखि १३ सम्म, सैनामैना नपाको वडा नम्बर १, २, ३, ४ र तिलोत्तमा नपाको वडा नम्बर १, २, ३, ४, ५ र ६ लाई समावेश गरिएको छ ।
त्यस्तै क्षेत्र नम्बर ३ निकै अनौठो रुपमा बनाइएको छ । यसमा जिल्लाको सदरमुकाम सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका र ५ वटा स्थानीय तहको विभिन्न वडाहरुलाई समावेश गरेर क्षेत्र निर्धारण गरिएको छ ।तीन नम्बर क्षेत्रमा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४, १५, १६, १७, १८ १९, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाको वडा नम्बर १, २, ३, ६, ७ र तिलोत्तमा नगरपालिका को वडा नम्बर १३ र १४ छन् ।क्षेत्र नम्बर ४ मा ३ वटा गाउँपालिका, एक नगरपालिका, २ गाउँपालिकाका केही वडालाई समावेश गरिएको छ । यसमा मर्चवार क्षेत्रको ३ वटा कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकालाई समावेश गरिएको छ । साथै लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर २, १२ १३, मायादेवी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ६, सियारी गाउँपालिकाको वडा नम्बर ४ र ५ रहेका छन् ।यस्तै क्षेत्र नम्बर ५ मा दुई गाउँपालिका, दुई नगरपालिका र एक गाउँपालिकाका केही वडालाई समावेश गरिएको छ । यसमा कञ्चन गाउँपालिका र गैडहवा गाउँपालिकालाई समावेश गरिएको छ । साथै, सैनामैना नगरपालिकाको ५, ६, ७, ८, ९, १०, ११, लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, मायादेवी गाउँपालिकाको वडा नम्बर एक रहेको छ ।