बर्दिबास– प्रदेश नम्बर २ मा हुने निर्वाचनको लागि नेकपा माओवादी केन्द्र महोत्तरीले अधिकांश उम्मेदवार टुंगो लगाएको छ ।
माओवादीले बर्दिबास नगरपालिकको मेयरमा विदुर कार्की,उपमेयरमा कृष्णमाया गौतम,गौशला नगरपालिकको मेयरमा शिवनाथ महत्तो,उपमेयरमा आगा लामा,लोहारपट्टी नगरपालिकको मेयरमा अमरनाथ यादव,उपमेयरमा शोभाकुमारी यादव,रामगोपालपूर नगरपालिकाको मेयरमा अशोक मण्डल,उपमेयरमा सीता देवी शाह,मनरा नगरपालिकाको मेयरमा राजेन्द्र शाह,उपमेयरमा सुन्दरकला देवी यादव, जलेश्वर नगरपालिकको मेयरमा कौरालेन्द्र शर्मा,उपमेयरमा किरण ठाकुर हिना, मटिहानी नगरपालिकको मेयरमा राजकिशोर मण्डल,उपमेयरमा सविला खातुनको नाम सिफारीस गरेको छ । केन्द्रले औरही,बलवा र भँगाहा नगरपालिकाको मेयर,उपमेयरको नाम टुँगो लगाउन बाँकी रहेको छ । त्यसैगरी पिप्रा गाँउपालिकको अध्यक्षमा राम जानकी यादव, उपाध्यक्ष्यमा गीतादेवी दास, महोत्तरी गाँउपालिकाको अध्यक्ष्यमा गान्दी यादव, उपाध्यक्ष्यमा बबिता देवी दास, सोनमा गाँउपालिकको अध्यक्ष्यमा मन्सकी मन्सुर,एकडाँरा गाँउपालिकको अध्यक्ष्यमा महेश यादव,उपाध्यक्ष्यमा देवी तिवारी,सम्सी गाँउपालिकाको अध्यक्ष्यमा फारुक सेकुम, र उपाध्यक्षयमा नगीना देवी यादव रहेका छन् ।