२० भदौ, काठमाडौं । प्रदेश २ को स्थानीय चुनावका लागि भोलि हुने उम्मेदवारी दर्ताको सबै तयारी पुरा भएको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो । उम्मेदवारी दर्तार्का लागि विहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।प्रदेश २ का ८ जिल्लाका १२६ स्थानीय तहमा असोज २ गते स्थानीय तहको चुनाव हुँदैछ । प्रदेश २ मा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । सबै स्थानीय तहको वडा संख्या १ हजार २७१ छन् । प्रदेश २ मा २६ लाख ६४ हजार ९५० मतदाता छन् भने ३ हजार ५७९ मतदान केन्द्र तोकिएको छ ।