रौतहट, २० भाद्र । राहत वितरण कार्यमा अनियमितता गरेको भन्दै रौतहटका राजदेवी नगरपालिकाको ९ का वडा सचिव माथि कार्यवाही थालिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रहम्पुरीमा राहतमा सहायक प्राविधिक स्थानीय शिव शंकर सिंहले भ्रष्टाचार गरेको भन्दै निजलाई कार्यवाही गर्न मांग गर्दै बह्रमपुरीबासीहरुले गाउबाट सुरु गरेको आन्दोलनलाई जिल्ला प्रशासन कार्यालय गौर सम्म पुरयाएका थिए । जिल्ला प्रशासन कार्यालय रौतहटले जनाए अनुसार निज सचिवबाट रकम असुल गरिएको तथा अन्य कार्यवाहीहरु अगाडि बढाइएको बताईएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आफ्नो फेसबुकमा यस्तो जानकारी गराएको हो बाढीबाट पूर्ण क्षति भएको व्यक्तिलाई दिने राहत रकम ब्रह्मपुरीको वडा सचिवले राहत नपाउने व्यक्तिलाई सिफारिश गरेकाले बाडेको रकम निज सचिवसंग फिर्ता लिइएको र सचिवलाई कानुन बमोजिम कार्यवाही अगाडी बढाइएको ।