नरेन्द्र साह/ २५ भदौ,रौतहट । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा रौतहटमा आचारसंहिताको धज्जी उडाइएको छ । उम्मेदवारहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघनमा प्रतिस्पर्धा गरिरहेका छन् । दलका नेता कार्यकर्ता मात्र होइन स्वतन्त्र उम्मेदवारले पनि आचार संहिता लत्याई रहँदा अनुगमन गर्ने निकाय भने मौन छ ।आचारसंहिताले बन्देज गरेका हरेक गति विधी रौतहटका १८ वटै स्थानीय तहका उम्मेदवारले जारी राख्दा पनि अहिलेसम्म कसैलाई कारवाही गरिएको छैन आचार संहितामा उल्लेख गरि एका अधिकांश बुदाँहरु यहाँका उम्मेदवारले उलंघन गरी सीमा नाघि सकेका छन । निर्वाचन आयोगको आचार संहिताको परिच्छेद २ को आठ नम्बर बुदाँमा राजनीतिक दलका उम्मेदवारहरुले विद्यालय, सरकारी तथा सार्वजनिक भवन तथा धार्मीक पुराता त्वीक भवनाको भित्तामा पर्चा टाँस्न मनाही गरिएको भए पनि रौतहटमा त्यसको पालना भएको छैन् । त्यसै गरी बुदा नंम्बर १३ मा बालबालिका को प्रयोग गर्न नपाइने उल्लेख भए पनि त्यसको अवह लेलना गरिएको छ । यसै गरी आचारसंहिताको परिच्छेद पाँचको १२ नम्बर बुँदामा आमसभा गरेको स्थल र समय बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पीकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने भनिएको छ । रौतहटको गरुडा नगर पालिका लगायत दर्जनौ नगर पालिकामा उम्मेदवारहरुले ट्रयाक्टर र भ्यानमा जेनेटर सहित ठूला लाउडस्पीकर र साउण्ड बक्सहरु प्रयोग गरेर प्रचार प्रसार गरी रहेका छन । निकै ठूलो ध्वनीमा गुञ्जीने यस्ता यन्त्रहरुका कारण घरभित्र बस्न तथा राति निदाउन समेत गाह्रो भएको गरुडा नगरपालिकाका स्थानीय केशव साह बताउछन । यसैगरी आचारसंहिताले एक उम्मेदवारले दुई भन्दा बढी गाडी प्रयोग गर्न नपाउने भने पनि एउटै उम्मेदवारले दश भन्दा बढी गाडीका लस्कर लगाएर चुनावी अभियानमा हिड्ने गरेका छन् । रोचक पक्ष त के छ भने कमाउने दाउमा उम्मेदवारी दिएका केही स्वतन्त्र तथा नक्कली उम्मेदवारहरुले आफूले पाएका गाडीमा अर्कै दलको झण्डा बोकि प्रचारप्रसार गरेको पाइएको छ । राजनीतिक दलका उम्मेदवारलेनै डमी उम्मेदवार स्वतन्त्र रुपमा खडा गरेर उनीहरुमार्फत आफ्नो प्रचार प्रसार गर्ने गरेका छन् । गाडी प्रयोगदेखि मतदानकेन्द्रमा प्रतिनिधि राख्नेसम्मको प्रयोजनका भदौ,रौतहट । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा रौतहटमा आचारसंहिताको धज्जी उडाइएको छ । उम्मेदवारहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताजिल्लामा सदरमुकाम गौर बाहेकका क्षेत्रमा आचारसंहिता विपरित प्रचारप्रसारका कार्यहरु भइरहेकोले त्यसलाई तत्काल रोक्न र कारवाहीका गर्न प्रहरी उपरिक्षकलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए । प्रचारप्रसारका क्रममा ग्रामीण क्षेत्र र नगरपालिकाहरुमा आचारसंहिता विरुद्धको कार्य भइरहेकोले निर्वाचन अधिकृत तथा प्रहरीलाई पनि त्यस्ता काममा बन्देज लगाउन निर्देशन
गरेको प्रजिअ थापाले