नरेन्द्र साह,रौतहट, ३१ भाद्र । दुई नम्बर प्रदेशमा असोज २ गते सोमबारका दिन हुने स्थानिय निर्वाचनलाई ध्यानदिदैं आजै देखि नेपाल भारत सिमा नाका बन्द गरिएको छ । जिल्लाको २६ किलोमिटर भू–भाग भारतीय सिमानासँग जोडिएको भए पनि प्रवेश गर्ने प्रमुख नाका गौर भन्सार कार्यालयको ढाँटमा ताल्चा लाएर नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सो क्षेत्रमा निगरानी बढाएकोे सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले बताए । जिल्ला प्रशासन कार्यालय रौतहटले मध्यराति १२ बजे देखि असोज २ गते राति १२ बजेसम्म ७२ घण्टाका लागि नेपाल–भारत सिमा बन्द गरेको छ ।जिल्ला प्रशासन कार्यालयले ७२ घन्टासम्मको लागि नेपाल–भारत सिमामा आवत जावत गर्नमा रोक लगाएको छ । पूर्णरुपमा सीमा सिल गरेको छ । असोज २ मा हुने स्थानीय तहको निर्वाचनको समयमा सुरक्षा व्यवस्थामा सिमापारबाट हुन सक्ने खतरालाई मध्य नजर गर्दै स्थानीय प्रशासनले रौतहट जिल्लासँग जोडिएको भारतको सिमा २६
किलोमिटर सिमा बन्द गरेको हो । शनिवार देखि सुरक्षाकर्मीहरुले सिमानामा चल्ने सवारी साधन आवतजावतमा रोक लगाएका छन् ।
सघन चेकजाँच पछि पैदल यात्रुहरुलाई शनिवार हिँडन दिए पनि साँझबाट पैदल यात्रुहरु पनि रोकिने र पूर्णरुपमा सिमा सिल हुने भन्ने प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए, भने अति आवश्यक उपचारका लागि बिरामी बोकेर हिँडेका एम्बुलेन्सलाई भने छुट दिइएको छ जिल्ला प्रहरी कार्यालय रौतहटले बताए ।
आज देखि ७२ घन्टाको लागि सिमा बन्द ।
आज देखि ७२ घन्टाको लागि सिमा बन्द ।
Advertisement