नरेन्द्र साह/ रौतहट, ३१ भाद्र । प्रदेश नं. २ मा असोज २ गते सोमबारका दिन हुने स्थानिय निर्वाचनलाई ध्यानदिदैं असोज ३ गते सम्मका लागि रौतहटमा स्थानिय प्रशासनले मदिरा विक्री वितरणमा रोक लगाएको छ । जिल्ला सुरक्षा समिति रौतहटले स्थानीय तह निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राख्दै जिल्ला भरी कुनै पनि किसिमको मदिरा ओसार पसार, बिक्री–वितरण तथा सेवन समेत निषेध गरेको छ । असोज ३ गतेसम्मको लागि मदिराजन्य सबै किसिमका कारोबार तथा सेवन निषेध प्रहरि सुरक्षा व्यवस्था कडा गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जानकारी बताएका छन ।