नरेन्द्र साह, ३१ भदौ, रौतहट÷ रौतहटमा शुक्रबारदेखि मतदान केन्द्र र मतदानस्थलमा सुरक्षाकर्मी खटाइएका छन् । ती केन्द्रबाट कर्मचारीले शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण सुरु गरेका छन् । अप्रिय घटना हुन नदिन ठूलो संख्यामा नेपाल, सशस्त्र प्रहरी र सेना खटिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्लाका विश्रामपुर, मौलापुर, गंैडाटार, राजपुर लगायत केही मतदान केन्द्र संवेदनशील र अति संवेदनशील भए पनि स्थानीय प्रशासनले तथ्यांक सार्वजनिक गरेको छैन । सुरक्षा संवेदनशीलता ध्यानमा राखी तथ्यांक सार्वजनिक नगरिएको एक सुरक्षाधिकारीले बताए । सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रजिअ उद्धवबहादुर थापाको भनाइ छ । रौतहटमा आजै देखि नै ७२ घन्टाको लागि भारत नेपाल सिमा बन्द गरिएको छ । सबै मतदानकेन्द्रहरुमा मतदाताहरुले परिचय लिने व्यस्त रहेको छ मतदताहरुमा उत्साह देखिएको छ । यस जिल्लामा १८ वटा स्थानियतह कायम गरिएको छ जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।