नरेन्द्र साह,रौतहट, ३१ भाद्र । स्थानिय तह निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको चन्द्रपुर नगरपालिका २ कलटोल स्थित एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ । टावरमा क्षति पुग्ने गतिविधि कुनै किसिमको गतिविधि नगर्न एनसेलले सबैमा अनुरोध गरेको छ । एनसेलको टावरमा आगजनी भएपछि अहिले सो भेगका करिब हजारौं प्रयोगकर्ता मारमा परेका छन् । छिटोभन्दा छिटो मर्मत गरी पुनः टावर सञ्चालनमा ल्याउनुपर्ने स्थानीय युवा टंक देवकोटाले जानकारी दिए । सुरक्षाको हिसाबले सो गाउँमा रहेको महेन्द्र मावि मतदान केन्द्र र जनहित प्रावि फुलबारी अति संवेदनशील क्षेत्रमा परेका छन् । ४ हजार ५ सयभन्दा बढी मतदाता रहेको सो वडामा मावि जुडिबेला, आधारभूत विद्यालय असनवा, जनहित प्रावि फुलबारी र महेन्द्र मावि रैयाटोल गरी ४ वटा मतदान केन्द्र छन् । शनिबार बिहान १ बजे एनसेल टावरको केवल (तारहरुमा) आगजनी गरेका छ । आगजानी गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिईएका छन् ।