नरेन्द्र साह,रौतहट, १ असोज । सहरी विकास मन्त्री प्रभु साहले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने स्पष्ट पारेका छन् । गृहजिल्ला रौतहटमा मतदान गर्न आएका मन्त्री साहले स्थानीय तह, प्रदेश र संसदको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने बताए । सबै तहको निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरु आपसमा मिल्नुको विकल्प नभएको भन्दै मन्त्री साहले सबैले संविधानको व्यावहारिक रुपमै कार्यान्वयनमा ल्यान ध्यान दिनुपर्ने समय आएको जिकिर गरे । उनले प्रदेश र संसदीय निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताए । मन्त्री साहले स्थानीय तहको निर्वाचनमा मौलापुर नगरपालिकाका वडा नम्बर ५ बाट मतदान गर्नेछन् । मौलापुर नगरपालिका मा ९ वडा रहेका छन । मौलापुर आफ्नै निवासमा रहेका मन्त्री साहले स्थानीय तहको निर्वाचनमा आममतदाताहरुलाई सहभागी भएर मताधिकारको प्रगोग गर्न समेत आग्रह गरे । हार्मो पाटी प्रथम स्थानमा ल्याउछु मन्त्री साहले दाबी गरेको छ ।