नरेन्द्र साह,रौतहट, ११ असोज । रौतहटमा सेफटी ट्याङ्कीमा निस्सासिएर क्रममा अक्सिजनको कमिले गर्दा तीन जनाको मृत्यु भएको छ । यमुनामाई गाउँपालिका १ सुकदेवचोकमा नयाँ घर निर्माण भइरहेका बेला सेफ्टी ट्याङकीमा निस्सासिएर घरबेटीसहित दुई कामदारको ज्यान गएको हो । सेफटी ट्याङ्की सफा गर्ने क्रममा घरबेटी परोहा नगरपालिका २ का ३५ वर्षका मुन्ना बैठा र परोहा १ बस्ने ३१ वर्षका विजय बैठा, देवाही गुनाही नगरपालिकाका ३० वर्षका नागेश्वर माझीको ज्यान गएको छ । पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।