काठमाडौं, २० असोज । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आगामी निर्वाचनमा संयुक्तरुपमा सहभागिताbजनाउने सहमति गरेका छन् । आसन्न प्रदेश सभा र प्रतिनिधि सभाो निर्वाचनमा आपसी समझदारीका आधारमा दुवै पार्टी संयुक्त भई साझा उम्मेदवारको रुपमा चुनावमा भाग लिने सहमति भएको हो । शुक्रबार दुवै पार्टीका शीर्ष नेताहरुबीच भएको बैठकमा राजपा अध्यक्ष मण्डलीय संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले संयुक्तरुपमा हस्ताक्षर गरेको विज्ञप्तिमार्फत् संयुक्तरुपमा आगामी चुनावमा भाग लिने जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘दुवै पार्टी संयुक्त भई साझा उम्मेदवारको रुपमा चुनावमा भाग लिने, उम्मेदवारी दिने र अन्य राजनीतिक पार्टी दलहरुसँग मोर्चा वा गठबन्धन तथा तालमेल गर्नु परेमा दुवै पार्टी संयुक्तरुपले सहभागी हुने वा सहकार्य गर्ने सहमति गरिएको छ ।’