नरेन्द्र साह,रौतहट।असोज २० रौतहट जिल्लाको गौर नगरपालिका अन्तर्गतको वार्ड नं ७ को कार्यालय आज विधिवत रुपमा नव निर्वाचित मेयर अजय गुप्ता र उपमेयर किरण ठाकुरले उद्घाघाटन गरेको छ । गौर नगरपालिका प्रमुख गुप्ताको उपस्थितिमा वडा कार्यालयको कामकाज आज देखि नेपाली काग्रेसबाट नवनिर्वाचित वडा अध्यक्ष मजहर खाँ बिधिवत रुपमा संभालेको छ। स्थानिय तहको सम्पन्न निर्वाचनमा नेपाली काग्रेसबाट उम्मेदवार रहि विजय भएका खाँ स्वागतमा आज पुरा गौर नगरपालिका वार्ड नंबर ७ बासीका साथै नगर प्रमुखका प्रत्यासी तथा जिल्लाका विभिन्न पार्टीका नेताहरु समेतले सहभागिता जनाएका छन् ।भने खाँले भने वडा कार्यालय संचालनसंगैं सेवाग्राहीहरुले समयमै सेवा पाउने विश्वास समेत दिएकोछ ।