२० असोज, काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजीनामा दिएका छन् । आगामी प्रतिनिधिसभा चुनावमा कांग्रेसबाट उम्मेदवार बन्ने तयारीमा रहेका उपाध्यायले बिहीबार परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएका हुन् । मन्त्रालय स्रोतका अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शुक्रबार राजदूत उपाध्यायको राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा लगेर बुझाएका छन् ।