नरेन्द्र साह,अशोज २३ रौतहट। शहरी विकास मन्त्री प्रभुु साह एमाले र नेकपा माओवादी केन्द्रको चुनावी तालमेल र पार्टी एकता प्रयासबाट अत्यन्तै खुशी हुँदै उक्त प्रयासलाई व्यवहारमा उतार्नको लागि चुनावी अभियान लिएर गाउँ गाउँमा पुगेका छन् ।साहले फतुुआ बिजयपुर नगरपालिकाको मुहार फेर्न प्रतिवद्धता जनाएका छन् । दशकौंदेखि विकासको गतिमा पछि परेको फतुुआ बिजयपुर नपा मेवाटोलमा बडादशै, तिहार,छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा बाल्दै मन्त्री साहले उक्त प्रतिवद्धता जनाएका हुन् ।मेवाटोलका अति पिछडिएका दलित बस्तीमा अबिलम्ब बाटो ढलान गर्न मन्त्री साहले स्थानियहरुको दिए । त्यसैगरी उनले सितलपुरमा पनि विकासको लहर ल्याउने प्रतिवद्धता जनाएका छन् । शहरी विकास मन्त्रालयको योजनामा सितलपुर गाँउमा बाटो तथा बिभिन्न निर्माणको कार्यको लागि करोडौंको टेण्डर समेत भईसकेकाले निगरानी गर्न मन्त्री प्रभुु साहले स्थानियहरुलाई अनुुरोध गरे । अन्य नेता सरह आफुुले उधारो भाषणमा मात्र सिमित न रहेर क्षेत्रको विकास नै आफनो लक्ष्य रहेको जानकारी दिए ।आफुुले नेतृत्व गरेको पुुरानो संरचनाको संसदिय निर्वाचन क्षेत्र नम्बर तीनको विकासको गतिको उदाहरण दिदै अबको दिनमा समग्र रौतहटमा विकासको गती ल्याईसकेको मन्त्री साहले पत्रकार ऋषि धमलालाई जानकारी दिए। उनले संसदिय निर्वाचन क्षेत्र नम्बर ३ लाई कच्ची सडक र झुुपडीमुुक्त क्षेत्र बनाउने घोषणा समेत गरे । सो अवसरमा कांग्रेस तथा एमाले परित्याग गरेर २५ जना मानिस माओवादी केन्द्रमा प्रवेस गरेका थिए । मन्त्री साहले नवप्रवेसीलाई टिका तथा माला लगाएर स्वागत गरेका थिए ।