गौर, वाढी पुनरलाभ योजना सम्बन्धीत रौतहटका माण्डवी संस्थाले एक दिने कार्यशाला गोष्ठी सिया पैलेस गौरमा सम्पन भएको छ । सरसफाई,वादीपिडित,स्वास्थ्य,शिक्षा,जिविकोपार्जन कार्यक्रमले दुई हजार वालवालिका एवं जेष्ठनागरिकले राहत पाउने भएकाछन ।
कार्य यस जिल्लाका देवाही गोनाही नगरपालिका र दुर्गाभगवती गाउँपालिकाका १२ वटा विद्यालय छनौट गरिएकोमा अहिले ६ वटा विद्यालयमा कार्यक्रम गर्नुपर्ने रहेको कार्यकारी निर्देशक अंजु झाले बताइन । सो कार्यक्रम माण्डवीको कोषाध्यक्ष अपर्ना झाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उद्धव वहादुर थापा,प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल,गौर नगरपालिका प्रमुख अजय कुमार गुप्ता उपमेयर किरण ठाकुर,देवाहीगोनाहीका नगर प्रमुख धर्मेन्द्र पटेल उपप्रमुख परनिया देवी, दुर्गाभगवती गाउँपालिका अध्यक्ष अरुण कुमार साह उपाध्यक्ष मंजु देवी, भी एस ओ.का निर्देशक रोहित यादबले परियोजनाको वारेमा प्रष्ट पार्नु भयो । यस कार्यक्रमको सहयोग युडे आई, माण्डवी र भी एसको रहेको र १६ महिनाको बजेट १ करोड ७३ लाख ३ हजार ३५२ रुपैया रहेको छ । सो गोष्ठीमा यस संस्थाले गरेको काम वाढीपिडित राहत महिला पूरुषमा जनचेतना जगाउने कार्य उल्लेख रहेको छ ।