हरिप्रसाद भुसाल, चैत्र २६, अर्घाखाँची
नेकपा माओवादी केन्द्र भुमिकास्थान नगरपालिकाको विस्तारित बैठक हिजो सम्पन्न भएको छ ।
पार्टीका पोलिटव्युरो सदस्य एवं जिल्ला संयोजक ठाकुर कुमार वि.क.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले आगामी स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरुको गठन समेत गरेको छ ।
जसअन्तरगत छमकुमारी खनाल चिनारीको संयोजकत्वमा २१ सदस्यीय विशेष निर्वाचन परिचालन समिति, राजेन्द्र आचार्यको संयोजकत्वमा ६०१ सदस्यीय निर्वाचन परिचालन समिति, इश्वरी जिसीको संयोजकत्वमा २२१ सदस्यीय युवा परिचालन समिति, रामप्रसाद गैरेको संयोजकत्वमा २१ सदस्यीय जनसभा तथा व्यवस्थापन समिति, रेशम थापाको संयोजकत्वमा ११ सदस्यीय आर्थिक व्यवस्थापन समिति, रुद्रमणी खनालको संयोजकत्वमा ११ सदस्यीय प्रतिवद्धतापत्र तयारी समिति गठन गरिएको छ ।
आगामी स्थानीय निर्वाचनमा भुमेकास्थानमा विजयी बन्ने आधार तयार भएको निष्कर्ष निकाल्दै बैठकले चुनावको लागि सम्म्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको नगर संयोजक छमकुमारी खनालले जानकारी दिइन ।
कार्यक्रम नगर सयोजक खनालको अध्यक्षता र सचिव ठाकुर सौरागको संचालनमा सम्पन्न भएको हो ।
यता, माओवादी केन्द्र भुमेकास्थान नगरपालिका वडा नं. ७ र ८ को बैठक हिजो नै सम्पन्न भएको छ । नगर संयोजक छमकुमारी खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले आगामी स्थानीय निर्वाचनमा वडा स्तरमा विजय हाँसिल गर्नको लागि आजैबाट सक्रियता बढाउने निर्णय गरेको बुझिएको छ ।