नरेन्द्र साह, रौतहट कार्तिक ०३ । नेकपा माओवादी का नेता तथा मन्त्री प्रभु शाहले मधेशी जनताको माँगलाई सम्बोधन गराउन नै बाम एकता भएको प्रष्ट बताए । रौतहटको गरुडा नगरपालिका वार्ड नं. ६ पोठियाहिमा आयोजित गरेको शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै शाहले बताए संबिधान संशोधनका लागि चाहिने दुई तिहाई बहुमत बाम एकताको प्रमुख ऐजेण्डा र लक्ष्य भएको बताउनु भएको छ । शाहले बिना दुई तिहाई संबिधान संशोधन गर्न नसकिने भन्दै आफ्नो माँगलाई पुरा गर्न गराउन सबैले एकजुट भएर बाम गठबन्धनलाई नै भोट दिएर जिताउन समेत आग्रह गरेका थिए । उहाँले आफ्नो सोच विकास, गरिबी निर्मुल, शिक्षित समाज, रोगजार, मुलक समाज भएकोले सबै सपना सकार गर्न आफू र आफ्नो गठबन्धनलाई विजय गराउन सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा कटहरियाका मेयर सियाराम कुश्वाहा, माओवादी केन्द्रको केन्द्रिय सदस्य राजकिशोर यादव सहित हजारौंको संख्याको उपस्थिति रहेको थिए ।