संजय सहनी रौतहट गौर कार्तिक ०३ । रौतहटको जेठो नगरपालिका हो गौर । जहाँ विकासको नाममा पहिलै देखि नै ‘ब’ नभएको अवस्था छ । मूख्य चौक मधेशी क्रान्ति चौक सहित कयौं ठाउँमा शौचालय र खानेपानीको सुबिधाको नाममा ‘स’ देखिदैन । यसैबिच जसो तसो गौरमा सुबिधा सम्पन्न बस पार्कको निर्माण गर्न सपना बुनेका पूर्व मेयर गौरीशंकर यादवको सपना सकार त भयो । तर यात्रु र जनताले भोग्नु परेको सास्ती कम हुनुको सट्टा बढ्दै गएको देखिन्छ । नहोस पनि कसरी ? जनतालाई सुबिधा दिलाउने सोच राखि मेयर यादवले ल्याएको बस पार्क निर्माणको सपना पुरा भए लग्तै गौर नगरपालिकाले टेण्डर प्रक्रियाको मार्फत जय जनता कन्सलटेन्सि नामक ठेकेदार कम्पनीलाई बस पार्कको ठेक्का र सम्पूर्ण सेवा सुबिधाको जिम्मेवारी दियो । ठेकेदारको नाम हो सुबोध साह, साह पूर्व मान्नीय हरिचरण साहको छोरा पनि हुन् । त्ति ठानी मनमौजी गर्न लागि परे ठेकेदार साह । जुन अहिले गौरबासि देखि लिएर सम्पूर्ण यात्रुको लागि टाउँको दुखाईको विषय बनेको छ ।बस पार्क परिसर भित्र जता ततै फोहोरको डंगुर र रक्सि बियरको खाली बोतलको सिसिको थुप्रोको कारण प्रवेश गर्न र बसको प्रतिक्षामा बस्न यात्रुहरुलाई समेत कठिनाई र महामारी सर्ने खतरा बढेको छ । रात्री कालिन समयको लागि जडान गरिएको सोलार नामको लागि मात्र लगाइएको छ, जुन बल्दैन् । सार्वजनिक शौचालयको नाममा रकम असुलने कार्य भए पनि शौचालय दुर्गन्धीत र पस्न अयोग्य छ । खाने पानीको नल, धारा मा खिया लागेर जाम भएको अवस्था छ । जसका कारण यात्रुहरु नजिकैको पसलबाट चर्को मुल्यमा पानी किनी खान बाध्य भएका छन् । जता ततै २० रुपैयामा पाउने मिनरल वाटर त्यहाँ २५ देखि ३० रुपैयामा पाईन्छ । करोडौको लगतमा बनेको बस पार्कमा ठेकेदार साहले खरले बनेको टहरा सहितको होटेलहरु पनि बनाउन लगाई पैसा असुल्न ब्यस्त छन् । जुन होटेलबाट निस्कने फोहोरहरु बस पार्क भित्र नै फाल्ने गर्दा झन दुर्गन्धीत बन्दै गएको छ । यति मात्र कहाँ हो र ? बिना बत्ति, बिजुली को सुबिधा दिएर होटेलवालाहरुसँग चर्को भाडा असुल्ने, जाडरक्सि खुवाई जुवातास खेलाउने गुण्डा पालेर राख्ने साहको कर्तुतका कारण गौरको गौरब मानिएको सो बस पार्क नर्कको रुपमा परिनत हुदै गएको छ । यसबारेमा सम्बन्धित निकाय तथा नवनिर्वाचित गौर नगरपालिको मेयर अजय गुप्तालाई सोध्दा आफुले बारम्बार निर्देशन दिदा पनि ठेकेदारले नमानेको र त्यो सम्पूर्ण काम ठेकेदार हो भनी पन्छिने गरेको अवस्था छ । कि त ठेकेदारले आफ्नो काम कर्तव्य प्रभावकारी ढंगले निभाओस कि त यस्ता ठेकेदारको टेण्डर रद्द गरी पुनः टेण्डर गर्न जनताले गुप्ता सहित सम्बन्धित सम्पूर्ण निकायसँग माँग गर्दछ । ठेकेदार साह आफ्नो राजनितिक पहुँच र आर्थिक चलखेलका कारण कसैको कुरा नटेरी सम्पूर्ण सरोकारवालाहरुलाई चुनौती दिएको देखिएको छ ।