नरेन्द्र साह,रौतहट । १३ कार्तिक । रौतहट जिल्लाको जिल्ला सभाको प्रथम बैठक जिल्ला समन्वय समिति कार्यालयको सभाहल गौरमा संपन्न भएको छ । जिल्ला समन्वय समितिको पूर्णता दिने उदेश्यले आयोजना गरिएको बैठकमा सहभागी भएका जिल्ला सभाका सदस्यहरुले संबैधानिक क़ानूनी व्यवस्था अनुसार ९ सदस्य जिल्ला समन्वय समिति बनाउने निर्णय गरेका छन । १ जना प्रमुख ,१ जना उपप्रमुख ,३ जना महिला ,१ जना दलित या अल्पसंख्यक समुदाय बाट र ३ जना खुल्ला सदस्य गरी ९ सदस्य समिति गठन गर्ने निर्णय भएको जिल्ला समन्वय समिति कार्यालयका लेखा परीक्षक अधिकृत कृतिराज सुबेदिले जानकारी गराएका छन । जिल्ला सभाको पहिलो बैठकबाट भएको निर्णयको जानकारी जिल्ला निर्वाचन कार्यालयलाई गराउनु पर्ने प्रावधान रहेको बताउँदै अधिकृत सुबेदीले निर्वाचन कार्यालयले मुख्य जिल्ला निर्वाचन अधिकृत कार्यालयमा जानकारी दिएपछि समन्वय समितिको निर्वाचनको कार्यतालिका सार्वजानिक गरिने प्रावधान रहेको बताएका छन । निर्वाचन अधिकृतको कार्यालयवाट चुनावको कार्यक्रम सार्वजानिक गरेपछि गठनको प्रक्रिया अगाडी बढ़ने छन । गएको आसोज २ गते संपन्न भएको स्थानीय तहको निर्वाचनमा रौतहटमा नेपाली कांग्रेस सवै भन्दा अग्र स्थानमा रहेका छन । १८ स्थानीय तह मध्ये ८ तहमा कांग्रेसले जीत हासिल गरेका छन भने संघीय समाजवादी फोरम नेपाल ४ ,नेकपा माओवादी ३ राजपा २ र नेपाल लोकतान्त्रिक फोरम १ स्थानीय तहमा जितेकाले समन्वय समिति कांग्रेसको नेतृत्वमा जाने बढ़ी सम्भावना रहेको छ ।