अर्जुन भुसाल चैत्र २६, अर्घाखाँची
हिजो साँझ भारी वर्षा र असिनाले अर्घाखाँचीमा करोडौंको तरकारी फलफुल र अन्नबाली नष्ट गरेको छ ।
खासगरी धेरै सुन्तला उत्पादन हुने अर्घाखाँचीको पणेनामा असिनाले ठूलो क्षति पु¥याएको जानकारी प्राप्त भएको छ । कृषक रेवति पौडेलले असिनाले सुन्तलाको फुलमा मात्र नभएर हागा र बोटहरुमा समेत क्षति पु¥याएको जानकारी दिए । उनले यति ठूलो असिना अहिले सम्म नजानिएको बताए ।
यता जिल्ला कृषि विकास कार्यालयले क्षतिको वितरण तयार पार्दै गरेको जानकारी दिएको छ पणेनाका कृषक पौडेलका अनुसार सो क्षेत्रमा मात्र असिनाले चार/पाँच करोडको क्षति पु¥याएको छ । जिल्लामा कृषकहरुले बालीको बिमा नगरेको कृषि कार्यालयले जनाएको छ । अब बिमाका लागि कृषकहरुलाई प्रेरित गर्ने कार्यालयले जनाएको छ ।