काभ्रे/ कार्तिक २२,बालकको मृत्युको विषयलाई लिएर आफन्त र स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । बिहान बा४ख ३२६८ नम्बरको ट्रिपरले ठक्कर दिँदा सडक पार गरिरहेका अन्दाजी ४ वर्षका रामकुमार कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । आफन्त र स्थानीयको अवरोधका कारण अहिले राजमार्गमा सवारी साधन गुडेका छैनन् । पाँचखालको अवरोधका कारण जाम धुलिखेलसम्म पुगिसकेको छ । दुवै पक्षविच वार्ता गरेर अवरोध खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।