नवलपरासी/ कार्तिक २२, २०७४-आफनो ८३ औं जन्मदिनको अवसरमा भरतपुरकी गौरी देवी प्रधानले रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई ५० लाख नगद सहयोग गरेकी छन् । उनले प्रदान गरेको रकम चिकित्सालयले सुविधासम्पन्न बिरामी आवास गृह निमार्णमा लगानी गरेको छ । उनले ४ वर्षअघि सहयोग गरेको नगद १ करोडबाट चिकित्सालय परिसरमा उनका स्वर्गिय पतिको स्मरणमा ‘श्यामकृष्ण स्मृति भवन’ निमार्ण भएको छ । पहिलो १ करोड सहयोगवाट १५ कोठाको सुबिधासम्पन्न बिरामी आवास भवन निमार्ण भैसकेको छ । एक करोडको लागतमा १५ कोठे भवन निमार्ण भैरहँदा गत १२ गते उनको ८३ औ जन्मदिनको अवसरमा फेरी ५० लाख नगद सहयोग गर्ने घोषणा गरेकि हुन् । ‘अस्पताल जस्तो पुन्य स्थलमा सहयोग गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु,’ गौरीदेवीले भनिन्, ‘जुनसुकै रोगको पनि प्राकृतिक विधिवाट उपाचार गरिने यस्तो अस्पताललाई सहयोग गर्न पाउँदा मन आनन्दीत भएको छ ।’ यो चिकित्सालय दक्षिण एसियाकै उत्कृष्ठ बनाउन सबैको आबस्यक रहेको उनले औल्याइन् । अस्पतालका प्रशासक हरी सापकोटाले उनको व्यक्तिगत लगानीबाट २५ कोठे (पहिला र अहिले) सुविधा सम्पन्न बिरामी आवास भवन निमार्णको काम भैरहेको जानकारी दिए । सबै कोठा क्याबिन सिस्टमका र सुविधासम्पन्न रहेका छन् । २०६४ सालमा स्थानियले धान्याचंल महायज्ञ गरेर संकलन गरेको १ करोड ७३ लाख नगदवाट निमार्ण थालिएको प्राकृतिक चिकित्सालयले ५० शैय्या संचालनको अनुमती पाएको छ । अस्पताल परिसरमा २२ बिगाह जग्गा क्षेत्रफल रहेको छ । त्यसमध्ये सरकारले अस्पताललाई १० बिगाहको भागाधिकार दिइसकेको छ । आगामी केहि वर्षमा थप ३ सय सैय्या संचालनमा ल्याउने गरी अस्पतालले भौतिक पूर्वाधार निमार्णको काग गरिरहेको छ ।यो चिकित्सायलमा नेचुरोपेथि र योगा बिधिवाट बिना औषधी उपचार गरिन्छ । यस्तो चिकित्सालय यो नै नेपालकै पहिलो हो । यहा त्यसै बिधाका ४ बिषेशज्ञ निकित्सक रहेका छन् । चिकित्सालय नारायणगढवाट १८ किलोमिटर पश्चिमको रजहरमा रहेको छ ।शान्त र रमणीय जंगलको बिचमा रहेको चिकित्सालयले ६ बिगाहमा आफैले आर्गेनिक तरकारी खेती र गाइपालन गरेको छ । चिकित्सालयहातामा करिब एक किलो मिटर दुरीको पैदल मार्ग पनि रहेको छ । समुदायको प्रयासमा संचालन गरिएको प्राकृतिक चिकित्सालयको मुख्यदाता गौरी देवी प्रधान हुन । चिकित्सालयमा गौरीदेवी पछि सहयोग गर्नेमा उद्योगपछि बिनोद चौधरी , हरिकृष्ण मर्हजन र स्थानिय निर्मल क्षेत्री ठुला दाताहुन । निजी प्रयासवाट देशमै उदाहरणीय काम भएका नवलपरासीमा ३ वटा स्थल रहेका छन् । ति हुन रजहरको प्राकृतिक चिकित्सालय , दुम्कौलीमा रहेको शास्वत धाम र त्रिवेणीमा करिब ८० करोडको लागतमा निमार्णाधिन गजेन्द्रनारायण मन्दीर ।