रौतहट जिल्ला अन्र्तगत रहेको यमुनामाई गाउँपालिकाको कार्यालय विधालयमा सञ्चालन भए पछि विधार्थीहरुको पठन पाठन अवरुद्ध भएको छ । नवनिर्वाचित प्रमुख श्री प्रसाद मुखियाले बलजवरजस्ती गाउँपालिका कार्यालय श्री मावि सरुअठामा सञ्चालन गरे पछि त्यहाँ अध्ययनरत विधार्थीहरु मार्कामा परेका छन् । विधार्थीहरुको कक्षाकोठा खाली गराई प्रमुख मुखियाले गाउँ पालिका कार्यालय सञ्चालन गरेका छन् । विधार्थीहरु बाहिर पढनुको बिकल्प नरहेको अभिभावकहरु बताउ छन् । आफुहरु आफ्नो विधार्थी पठाउन छाडिसक्यौ । जाडोमा बाहिर चिसोले मर्न विधार्थी पठाउने कुरै भएन् , जिल्ला छाडा भएको छ सिडिओलाइ मतलब नै हुन्न अभिभावकहरुको गुनासो रहेको छ । विधालयमा गाउँपालिका कार्यालय संचालन गरेको जन गुनासो आएपछि निरिक्षणमा पुगेका रौतहटका जिल्ला शिक्षा अधिकारी राम विनय कुमार सिंहलाई निर्वाचित जन प्रतिनिधिले हप्काएर पठाएका छन् । यता प्रमुख श्री मुखिया आफ्नो कार्यालय विधालय बाटै संचालन हुने बताउछन् । यस सम्बन्धमा रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापा संग बुझदा आफुलाई यसबारे थाहा नभएको प्रतिक्रिया दिएका छन् तर संघिय मामिला तथा स्थानिय विकास मनत्रालयका प्रवक्ता रुद्ध सिंह तामांगले यस महिना भित्र समस्या सामाधान हुने प्रतिवद्धता व्यक्त गर्नु भयो ।