एकीकृत आपतकालिन सहायता परियोजना सम्बन्धी १ दिने सियाप्लेसमा कार्यक्रम गरेको छ । एकसन एगेन्स्ट हनजर र एकसन सेन्टर ल फामको सहयोगमा माण्डवी संस्थाले बाढी पिडित भएकालाई राहत स्वरुप वितरण गर्नमा सहयोग रहेको छ । रौतहटका बाढी पिडित प्रभावित गौर, राजदेवी, ईसनाथ, गरुडा, न.पा.र दुर्गाभगवती गाउँपालिकाका केही वटा लागु भएको माण्डवीका कार्यकारी दिर्नेशक अंजु झा ले बताईन । एघार हजार परिवारलाई खाना कार्यक्रम र ५ सय परिवारलाई १० हजार २ सय ८३ दरले र १०० जानको रु.५८७० रुपियाको दरले वितरण हुने जनाएको छ । सो कार्यक्रममा गौर नगरका मेयर अजय गुप्ताले बाढी आउनु पुर्व वा आई सकेपछिलाई गाउँका जनप्रतिनिधि संग मिलेर काम गर्नु बताएका छन् । संस्थाबाट छनौट गर्दा सबैपक्षलाई मिलाएर वितरण गर्दा राम्रो हुनेछ । माण्डवीका कोषाध्यक्ष प्रेरणा झा, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उद्धव थापा, जि.स.स.प्रमुख उमेश बस्नेत, खानेपानीका प्रमुख अनिल केशरी, आमन्त्रित मेयर, उपमेर वडाध्यक्ष, संघसंस्था, संचारकर्मी, वासका प्रतिनिधि, विश्वशिक्षाका प्रनितिधि विटु श्रीवास्तव, एशियन एफको निर्देशक इजा वेलले बाढी पिडितहरुका लाई सहयोगको अपेक्षा गरेको छ । यो सेवा फ्रान्सका पेरिशमा स्थापना भएको र यसका ६० देशमा शाखा र नेपालमा सन् २००५ देखी लागु भएको छ ।