हरिप्रसाद भुसाल / चैत्र २६, अर्घाखाँची
स्थानीय निकायको चुनावमा नेपाली काँग्रेसलाई विजयी बनाउनका लागि अर्घाखाँची जिल्लामा पत्रकारहरुले प्रचारात्मक अभियान संचालन गर्ने भएका छन् ।
आगामी स्थानीय निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउनाका लागि काँग्रेस निकट प्रेस युनियनले जिल्लाका सवै नगरपालिका तथा गाउँपालिकाहरुमा संयोजक समेत तोकिएको युनियनका जिल्ला सभापति सूर्य प्रसाद भुसालले जानकारी दिएका छन् ।
सामाजिक सन्जालमा स्टाटस पोष्ट गर्दै नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिव समेत रहेका भुसालले सन्धिखर्क नगरपालिकामा प्रेमनारायण आचर्य, भुमिकास्थान नगरपालिकामा असोक पौडेल, सितगङ्गा नगरपालिकामा नेत्रप्रसाद मरासिनि, छत्रदेब गाउपालिकामा रुद्र मणि भुसाल पाणिनि गाउपालिकामा घनश्याम पौडेल र मालारानि गाउपालिकामा ईन्द्र रेग्मीलाई संयोजक तोकिएको जानकारी दिएका हुन् ।