नरेन्द्र सह रौतहट, ३० कार्तिक । नेपाली काँग्रेस क्षेत्र नं। १ का बाम गठबन्धनका उम्मेदवार सत्यनारायण भगतको गाउँ माधोपुरमा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण प्रसाद यादवको चर्चा बढेको छ । देश विकास तथा जनताको समस्या समधानको अभिभारा बोकेको नेपाली काँग्रेसका उम्मेदवारहरु प्रत्येक घरमा पुगे पछि जनताको गुणासो र चाहना सुने पश्चात वहाँहरुको आखा रसाएको थियो । माधोपुरबासीहरुको घर घरमा काँग्रेस उम्मेदवारहरु पुग्दा सर्वसाधारणहरुले फुलमाला सहित भव्य स्वागत गर्दै आफुहरु नेपाली काँग्रेस तथा उनका उम्मेदवारहरुको लागि मतदान गर्न आतुर भएको बताए पछि सभापति तथा प्रतिनिधी सभाका उम्मेदवार यादव हृदयबाट नै मतादाताहरुलाई अभार प्रक्ट गरेका थिए । उम्मेदवार यादव तथा प्रदेश सभाका उम्मेदवार जयसवालले आफनो निर्वाचन चिन्ह रुखमा मतदान गर्न मतदाताहरुलाई आग्रह गर्दै आफुहरु विजय भए जनताको घरदैलो सम्म विकासको क्रान्ति ल्याउने वाचा गरेका छन् । करिब ५ सय भन्दा बढिको सहभागितामा सम्पन्न भएको घरदैलोमा नेपाली काँग्रेस क्षेत्र नं। १ का प्रचार प्रसार संयोजक श्रीराम राय यादव, क्षेत्रिय सचिव गजेन्द्र यादव लगायतको दर्जनौ नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
रौतहटमा बाम गठबन्धनका उम्मेदवार भगतको गाँउमा काँग्रेसका उम्मेदवार यादवको चर्चा चल्दै
रौतहटमा बाम गठबन्धनका उम्मेदवार भगतको गाँउमा काँग्रेसका उम्मेदवार यादवको चर्चा चल्दै
Advertisement