नरेन्द्र साह रौतहट कार्तिक ३०। रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं. ३ मचकुटियाको वडा कार्यालय आज शुभारम्भ भएको छ । गौर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्यामसुन्दरपटेलले आफ्नो पदभार ग्रहण गर्नु भएका छन् । गौर नगरपालिकाका नवनिर्वाचित मेयर अजय गुप्ता र उप मेयर किरण ठाकुुरले संयूक्त रुपमा रिबन काट्दै वडा कार्यालयका उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका सचिव उमेश बस्नेत सहित सम्पूर्ण वार्डका निर्वाचित वडा अध्यक्ष, सदस्यहरु तथा भद्रभलादमीहरु तथा सन्चारकर्मिहरु को उपस्थिति रहेको थियो