कृष्ण थापा,
नुवाकोट/मंसिर १, माइन विस्फोटमा परेर नेपाली कांग्रेसका नेता रामशरण महतको निर्वाचन प्रचारप्रसारमा संलग्न ५ जना कार्यकर्ता घाइते भएका छन् । शुक्रबार बिहान साढे १० बजेको समयमा निर्वाचन क्षेत्र नम्बर–१ स्थित ककनी गाउँपालिका–५ डाँडागाउँ सिंगारेचौरमा कांग्रेस कार्यकर्ता बोकेर चुनावी प्रचारमा निस्केको बा१६च ६६५ नम्बरको गाडी विस्फोटमा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकरजंग विष्टले बताए । विष्फोटमा घाइते भएका पन्चकन्याका नेविसंघ विद्यार्थी नेता उपेन्द्र मिश्र,नखानीका भेषकुमार तामाङ, सविन लामा, लिलाबहादुर थापामगर नवलपरासी र सिन्धुलीका रामबहादुर राई छन् । उनीहरुको रानीपौपा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मिश्र, राई र तामाङ गम्भिर छन् । उनीहरुको त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत ग्राण्डी अस्पताल लैजाने तयारी भैरहेको प्रदेश नम्बर १ ‘क’ का उम्मेदवार रमेशकुमार महतले बताए । नेता महत ककनीगाँउपालिका ८ थानसिङको पुतली चौरमा रहेको चुनावी कार्यक्रममा जाँदै थिए । माइन विस्फोट गराउनेको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । उक्त विष्फोटको जिम्मेवारी कसैले लिएको छैन ।
http://bit.ly/2zKs83P