३ मंसिर, काठमाडौं । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् ।उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाा शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो । माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको हृदयाघातका कारण आइतबार विहान निधन भएको थियो । घरमै अचेत अवस्थामा भेटिएका उनलाई नर्भिक अस्पताल लगिएको थियो तर, चिकित्सकहरुले मृत घोषणा गरे ।