रौतहट, ३ मंसिर। रौतहट जिल्लाको अदालतको परिसर भित्र बलिदानी (सहादत) दिवश भब्य रुपमा मनाईएको छ । प्रत्येक साल जस्तो भाती यो साल पनि रौतहट जिल्लाको अदालत परिसरमा रहेको सहिद स्मारकमा मौनधारण तथा विभिन्न कार्यकम गरि सहादत दिवस मनाइएको छ । २००७ सालमा राणाकालको बिरुद्व लडदै सहादत दिएका शिव प्रसाद कुवर, रति गिरी, नन्दु साह लगायत मधेस आन्दोलनमा आज सम्म सहादत प्राप्त गरेको सम्पुर्ण सहिदहरुको समझनामा फुलमाला, अबिर, अर्पण गर्दै, दिप प्रज्जवलन गरि वीर सहिदहरुलाई श्रदा सुमन श्रद्धाञ्जली अर्पण गरेर सहादत दिवश रौतहटको सदरमुकाम गौरमा भब्य रुपमा मनाएको छ । हाम्रो वीर सहिदहरु सधै अमर रहोस मुल नराको साथ सहादत दिवश सम्पन्न भएको छ । उक्त सहादत दिवस कार्यक्रममा मधेश कै चर्चित गायक गोपाल ठाकुर तथा रौतहटको चर्चित र युवा महिला गायक पुनाम शर्माले भक्ती संगीतको साथ साथै सहिदहरु प्रती गित गाउनु भयो । सहादत दिवश मा सयकदो भर भलादमिहरुको उपस्तिथि रहेको थियो।