माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादलले जनयुद्धकालमा प्रचण्डले आफ्ना विरोधीहरुलाई मार्ने आदेश दिएको खुलासा गरेका छन् ।
बादलले बाबुराम भट्टराई र रवीन्द श्रेष्ठलाई प्रचण्डले मार्न आदेश नै दिएको बताएका छन् । उनले शान्तिप्रक्रियामा आइसकेपछि यस्तो खुलासा गरेका थिए ।
जतिबेला २०६८ को माघ १३ मा प्रचण्डसँग तत्कालीन किरण पक्षको संघर्ष चर्किरहेको थियो, त्यो बेला भर्खर भर्खर बादल प्रचण्डको क्याम्प छोडेर किरणको लाइनमा आएका थिए । त्यो बेला बादलले यस्तो खुलासा गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी निकट पत्रिका रातोखबर साप्ताहिकले बादलले ०६० को माघमा तत्कालीन किरण समुहको बैठकमा बादलले बोलेको कुरालाई लेख बनाएर राखेको छ । जसलाई रातोखबरको ०७३ चैत्र १६ को अंकमा हेर्न सकिनेछ ।
प्रचण्डले आफुलाई लिन प्याओ भनेर वैचारिक रुपले सिध्याउन खोजेको बताएका थिए । बादलले रामहरि श्रेष्ठको हत्यारा प्रचण्ड नै भएको बताएका छन् ।
प्रचण्डमा राजनीतिक र सांगठनिक रुपमा देखा परेको चरम निरंकुशता र तानाशाही कदमका विरुद्ध मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र आफ्नो उपस्थितिमा धोवीघाट गठबन्धन गरेको बादलको भनाई छ ।
प्रचण्डले त्यो बेला पार्टीमा बाबुरामको लाइनमा आत्मसमर्पण गरेका कारण आफुहरुले प्रचण्डसँग विद्रोह गर्नु परेको बताएका छन् ।