मंसिर ४ रौतहट,क्रान्तिकारी बैद्य समुुहसँग आवद्ध मुुश्लिम मोर्चाका राष्ट्यि अध्यक्ष रसीद अन्सारी बाम गठबन्धनमा प्रवेश गरेका छन् । मधेशी,मुुश्लिम,दलित,जनजाती,आदीबासी लगायतका पिछडाबर्गको हक हित संरक्षण र अधिकार सम्पन्न बनाउने एकमात्र बाम शक्ति भएको भन्दै अध्यक्ष अन्सारी बाम गठबन्धनमा प्रवेश गरेका हुन् । रौतहटको कटहरिया नगरपालिका वडा ७ डुुमरियामा आयोजित चुुनावी सभामा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उमेदवार प्रभुु साहले नवप्रवेसी अन्सारीलाई स्वागत गरेका छन।
अन्सारी २०४८ साल देखी माओबादी पार्टीमा सकृय रहेका थिए । पछि बैद्य समुह अल्गिएसंगै क्रान्तिकारीमा लागेका थिए ।कार्य क्रममा बोल्दै मन्त्री साहले मिस्लिम, दलित ,पिछदाबर्ग,र अपहेलित समुदायको हक अधिकारको निमति बाम एकता भएकोले बाम एकतालाई मतदान गर्न अपिल गरेका थिए ।