मंसिर ४ काभ्रे गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा(१० जनागालमा तनाव भएको छ । स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रदर्श गरिरहेका छन् । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा(१० जनागालमा बा१८च ३११९ नम्बरको बोलेरो गाडीले ठक्कर दिदा घाइते भएका ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा मृत्यु भएको हो ।विष्टका आफन्त र स्थानीयवासीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् । स्थानीयको भिडलार्इ नियन्त्रणमा लिन अहिले प्रहरी परिचालन गरिएको छ । ठक्कर दिने गाडी र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।