५ मंसिर, काठमाडौं । प्रकाश दाहालको निधनको शोकमा माओवादी केन्द्रले आज देशभरका निर्वाचन क्षेत्रमा श्रद्धाञ्जली सभा गर्दैछ । पार्टीको केन्द्रीय सदस्य तथा अध्यक्ष प्रचण्डको छोरा प्रकाश दाहालको आइतबार निधन भएको शोकमा माओवादीले श्रद्धाञ्जली सभा गर्न लागेको हो । प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा मंगलबार वाम गठबन्धनको चुनाव सभा छ जुन प्रकाशलाई श्रद्धाञ्जली दिएपछि सुरु हुनेछ । शक्ति प्रदर्शनसहित आमसभा गर्ने पूर्वतयारी गरिए पनि दाहालको निधनका कारण श्रद्धाञ्जली सभाको रुपमा परिणत गरिएको चितवनमा वाम गठबन्धन निर्वाचन परिचालन समिति उपसंयोजक देवी ज्ञवालीले जानकारी दिए ।सो सभामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड सहभागी भए पनि सम्वोधन भने गर्ने छैनन् । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी नेता रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ । भरतपुर बस टर्मिनलमा मध्याह्न १२ बजेपछि सभा शुरु हुने छ । (अनलाइनखबर)
शोक सभामा बदलियो वाम गठबन्धनको चुनावी सभा, चितवनमा प्रचण्ड सहभागी हुने तर सम्वोधन नगर्ने
शोक सभामा बदलियो वाम गठबन्धनको चुनावी सभा, चितवनमा प्रचण्ड सहभागी हुने तर सम्वोधन नगर्ने
Advertisement