नरेन्द्र साह,रौतहट, ५ मंसिर । रौतहट टाफिकको नियमलाई थज्जि उडाउदैं नो पार्किग स्थलमा भारितय सवारी साधन पार्किग गरिएको देखिन्छ ।रौतहटको सदरमुकाम गौरको जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय रौतहट अगाडि राखिएको ससाना नो पार्किंगका बोर्डहरुलाई बेवस्था गर्दै साना तथा ठुला सवारी साधनहरु अनावश्यक पार्किग गरेको सजिलै देख्न सकिन्छ । सोमबार नेपाली गाडिहरु पार्किग गरेको देखिए पनि भारतिय विआर ३० पि ५१३५ नँबरको बोलेरो भने पार्किग गरेको हामीले सजिलै आफना कैमरामा कैद गरेका छौं । एकछिनका लागि समान्य काम छ दुई मिनेट मात्र रोक्छु भन्दा सर्वसाधारणलाई उक्त स्थानमा गाडि रोक्न नदिने टाफिक प्रहरीका जवानहरु यसरी घण्टौं सम्म भारतिय गाडि नो पार्किगमा पार्क गरेको देख्दा स्थानियहरुले प्रहरी प्रति शंका व्यक्त गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला अदालत रौतहटमा कामका सिलसिलामा आएका दुईवटा छुटा छुटैं सेवाग्रहीका अनुसार प्रहरीले आफुहरुलाई कमजोर तथा बाहिरीया ठानी अभन्द्र व्यवहार गर्ने गर्छन तथा ठुला बडाको ठुला ठुला गाडिहरुलाई भन्ने केही गर्दैन् । यसरी समान्य कामका लागि आएकाहरुका लागि मात्र नो पार्किग प्रयोग गरिएको हो भने त्यो तुरुन्त रोकिनु पर्दछ अन्यथा सबका लागि भए सबैमा यो नियम लागु हुन जरुरी छ हाम्रो यति मात्र भन्नु छ ।