नरेन्द्र साह,रौतहट, ५ मंसिर । नेपाली काँग्रेस रौतहटका सभापति एवम क्षेत्र नं. १ का सांसद उम्मेदवार कृष्ण प्रसाद यादवले आफु पहिला मधेशी त्यस पछि मात्र काँग्रेसी रहेको बताउनु भएको छ । रौतहटको क्षेत्र नं. १ अन्र्तगत पर्ने राजदेवी नगरपालिका को वडा नं. ३ र ४ बसतपुरमा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका प्रभावशाली नेता यादवले आफनो जन्मथलो मधेश रहेको र आफु पहिला मधेशी ततपश्चात मात्र काँग्रेसी रहेकोले मधेश र मधेशीको सम्मानका लागि जस्तो सुकै बलिदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । राजपा,एमाले, फोरम तथा माओवादी केन्द्र तथा अन्य पार्टीहरु परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका पाच सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु सभापति यादवले टिका तथा माला लगाई पार्टीमा स्वागत गरेका छन् । विभिन्न पार्टी परित्याग गरेकाहरुको स्वागतमा बो नेता यादवले आफनो कर्म क्षेत्र समेत यही भएकाले आफु विजय वा पराजय भएको यहाबाट ,कहि नजाने तथा सदैव सबैको सेवा गर्ने कार्यमा लागि रहने विश्वास समेत दिलाए । पार्टी प्रवेश कार्यक्रममा क्षेत्र नं. १ क का प्रदेश सभाका उम्मेदवार नागेन्द्र साहले आफु र आफना प्रतिनिधी सभाका उम्मेदवार यादवलाई रुख छापमा मतदान गरि विजय बनाउन आग्रह गर्दै आफुहरु जिते समाजमा विकासको लहर नै चलाउने विश्वास दिलाएका छन् । कार्यक्रममा नेपाली काँग्रेस रौतहट बरिष्ठ नेता महमद महताव आलमले देश नै काँग्रेसमै बन्दै गएकोले अरुमा भोट दिनुको कुनै औचित्य नै नरहने भएकाले रुख छाप मै मतदान गर्न सबैमा आग्रह गरे कार्यक्रममा, समानुपातिक विधायक उम्मेदवार मिथिलेश मिश्र, डा. देवचन्द्र मिश्र, सन्तलाल साह, क्षेत्रीय सभापति श्रीराम राय यादव लगायत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।