नरेन्द्र साह,रौतहट, ६ मंसिर । रौतहट क्षेत्र नं. २ का नेपाली काँग्रेसका उम्मेदवार महमद आफताब आलमको चुनावी औरैयामा सम्पन्न भएको छ । नेपाल सरकारको पूर्व मन्त्री समेत रहुन भएका नेपाली काँग्रेसका प्रभावशाली नेता आलमको चुनावीमा क्षेत्रको विभिन्न नगरपालिका अन्र्तगतको गाउहरु हुर्दै आज औरैयामा सम्पन्न भएको हो । चुनावी सभालाई सम्बोधन गर्दै नेता आलमले आफु निर्वाचित भए क्षेत्रबासीहरुको सम्पूर्ण समस्या आफनो कार्य अवधि भित्र नै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । नेता आलमले नेपाली काँग्रेसबाहेक अरु कुनै पार्टी हामीहरुको समस्यालाई नबुझने भन्दैं नेपाली काँग्रेसको चुनाव चिन्ह रुख छापमै मात्र आफनो अमुल्य मतदान गर्न आग्रह गरे । सयौंको सहभागितामा सम्मपन्न कार्यक्रममा नेपाल तरुण दलका जिल्ला अध्यक्ष नौशाद आलमले कार्यक्रम संचालन गरेका थिए । सबै सह्भागिले आलम लाइ नै जिताउनु पर्ने भन्दै नाराबाजी गरेका थिए । यसगरि क्षेत्र दुइको प्रत्येक गाउमा नेता आलमको समर्थनमा जनता ओर्लेको देख्दा आलमले नै जित्ने सम्भावना बढी छ।