६ मंसिर,नेपालगंज । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिएको स्वतन्त्र मधेश गठबन्धनलाई निर्वाचन सहभागी हुनबाट प्रहरीले रोक्ने प्रयास गर्दैछ ।निर्वाचनमा सहभागी भई सक्रिय बहिस्कार अभियान चलाएका गठबन्धनका कार्यकर्ताहरुलाई प्रहरीले धरपकड तथा मानसिक यातना दिइरहेको गठबन्धनले जनाएको छ । चुनावी प्रचार प्रसारमा लागेका कार्यकर्ताहरुलाई डराउने धम्काउने काम भइरहेको गठबन्धनका प्रवक्त अब्दुल खानले बताएका छन् ।मंगलबार एक विज्ञप्ती जारी गर्दै गठबन्धनले मानव अधिकारवादी संस्था तथा सरोकारवालाहरुसँग सहयोगको माग गरेको छ । गठबन्धनले आफुहरु शान्तिपूर्ण तबरबाट निर्वाचनमा सहभागी भएको बताउँदै प्रहरीले प्रचार प्रसारको क्रममा विभिन्न ठाउँमा दमन गर्न खोजेको जनाएको छ ।त्यस्तै, प्रहरीद्धारा दिइएको यातना क्षतिपूर्तिको मुद्दामा समेत गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले डरत्रास दिदै आएको छ ।गठबन्धनको प्रवक्ता अब्दुल खानं, जिल्ला संयोजक ईरफान शेष, राम मनोहर यादव, हरपाल सिहं सिखले क्षतिपुर्ति सम्बन्धी मुद्दा दिएदेखि प्रहरीले अनेक किसिमको मानसिक यातना दिई मेलमिलाप गर्न दबाब दिएको विज्ञप्तीमा जनाइएको छ ।गठबन्धनका कार्यकर्ताहरुको घर घरमा प्रवेश गरी खोजतलासको नाउँमा मानसिक यातना दिइरहेको प्रवक्ता खानले बताए ।गठबन्धनले मानव अधिकार आयोगसहितका संघ संस्थालाई ध्यानाकर्षणसमेत गराएको छ ।